२०८२ कार्तिक २१ गते बिहिवार | 2025 November 6th Thursday

आज फेरि सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ६ सय रुपैयाँले बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार पनि सुन तोलाको २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बुधबार तोलाको २ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५८० रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस