२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

बालाजुबाट पक्राउ परेका पठाओ चालकको अपराध खुल्दा सबैको होस उड्यो

काठमाडौँ । ‘जेनजी प्रदर्शन’ का क्रममा लुटपाट भएको इन्साससहित तीन थान हतियारसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २३ वर्षीय शिवराज धमला रहेका छन्।

उनीलाई बालाजुबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।

प्रहरीले उनको डेराबाट इन्सास राइफल, सटगन र पेस्तोल बरामद गरेको छ। धमला पठाओ चालक रहेको बताइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, यी हतियारहरू भदौ २४ गते ‘जेनजी प्रदर्शन’ का क्रममा प्रहरीबाट लुटिएको अनुमान गरिएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको एसपी आचार्यले बताए।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस