२०८२ कार्तिक २६ गते मङ्गलवार | 2025 November 11th Tuesday

आजपनि सुन चाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ४ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ३ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार १७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ११ हजार २५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७१८ रुपैयाँमा कारोबार भईरहेको छ ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस