२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

यी हुन् दुर्गा प्रसाईंका २७ माग, जसले कार्की सरकारलाई झस्कायो (सूचीसहित)

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले आज गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ।

मागपत्र गृह मन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले पेश गरेका हुन्।

मागपत्रका मुख्य विषयहरू यस प्रकार छन्:

  • संविधान खारेज र राजसंस्था पुनर्स्थापना

  • प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

  • बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको मिनाहा

  • नेपालमा उत्पादन र व्यापार नेपालीको हातमा रहनुपर्ने

  • धर्म र संस्कृति: बौद्ध, किराँत सहित वैदिक सनातन धर्मसापेक्ष हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था स्थापना।

  • प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला पुरानै अवस्थामा फर्काउने।

  • बैंक तथा वित्तीय संस्थाको राष्ट्रियकरण, जोखिम रकम उठाएर बैंक र व्यवसायी छुट्याउने।

  • विदेशमा जेलमा रहेका करिब ७ हजार युवालाई स्वदेश फिर्ता गराउने।

  • सर्वहारा र भुईँमान्छले लिएको २० लाखभन्दा कमको ऋण मिनाहा

  • २० लाखभन्दा बढीको ऋण २५ किस्तामा पाँच प्रतिशत ब्याजदरमा तिर्न पाउने सुविधा।

वार्ता आज सकिएको र सहजीकरण अधिवक्ता विनोदमणि भट्टराईले गरेका हुन्।

प्रसाईं समूहले जनमतसंग्रहमार्फत देशका महत्वपूर्ण नीति र संरचनामा परिवर्तनको माग गरेका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस