२०८२ माघ २५ गते शनिवार | 2026 February 7th Saturday

अस्ट्रेलियामा कार दु`र्घटना : एकै परिवारका ३ नेपाली अस्ताए, ५ वर्षीया छोरी बचिन्

काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको कार दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ। मेलबर्नबाट करिब २०० किलोमीटर पश्चिमको युराम्बिन-स्ट्रिथम रोडमा मंगलबार बिहान ९:३० बजे भएको दुर्घटनामा ४१ वर्षीय कृष्ण भण्डारी, उनकी पत्नी ३१ वर्षीय सपना र ३ वर्षका छोरा रुबेनको घटनास्थलमै निधन भएको हो।

उनीहरूको ५ वर्षीया छोरी एक्लै बचेकी छिन्। दुर्घटनाको समयमा कार ट्रकसँग ठोकिएको थियो। नेपाल वाणिज्य दूतावासले मृत्युबारे नेपालमा रहेका परिवारजनलाई जानकारी गराइसकेको छ। भण्डारी परिवार सन् २०१७ मा नेपालबाट अस्ट्रेलिया पुगेको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस