२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै

काठमाडौँ । आज नोभेम्बर महिनाको १६ तारिक अर्थात अन्तर्राष्ट्रिय सहनशीलता दिवस । बेमेल, असहमति, असमझ्दारी र असहनशीलपछिको खतराबारे जनचेतना फैलाउने उद्देश्यले आजका दिन विश्व समुदायले सहनशीलता दिवस मनाउने गर्दछ । १९९६ मा संयुक्त राष्ट्र महासभाले रिजोल्युसन ५१र९५ द्वारा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रलाई १६ नोभेम्बरमा सहिष्णुताका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन आमन्त्रित गरेको थियो। त्यसपछि, हरेक वर्ष १६ नोभेम्बरमा विश्व समुदायले यो दिवस मनाउँदै आएको छ।

९० को दशकमा अफ्रिका, बाल्कन र ककेससमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो। नरसंहारका पीडित परिवारहरूले, ‘द्वन्द्व रोकथाम, मानवअधिकारको प्रवर्द्धनको हितमा विश्वका सबै मानिसमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित गर्नुहोस्’ भनेर दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको शुरूआत भएको हो । प्रत्येक वर्ष आजको दिनमा युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहको आयोजना हुने गर्दछ। सम्मेलन समारोहमा सहनशीलता र अहिंसाको प्रवर्द्धनबारे गम्भीरतापूर्वक छलफल हुने गर्दछ ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया दिनुहोस