२०८२ मङ्सिर ८ गते आइतवार | 2025 November 23rd Sunday

नेपाल प्रिमियर लिगमा आज आइतबार ब्रेक

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा आज आइतबार कुनै पनि खेल राखिएको छैन । भोली सोमबार भने दुई खेल हुँदैछन् । त्रिविक्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ ।

दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । दुई दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंक सहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन् । तीनखेल खेलिसकेको काठमाण्डु दुई अंक जोड्दै तेस्रो स्थानमा छ । एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस