काठमाडौँ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारको तुलनामा मंगलबार न्यूनतम तापक्रम घटेको छ । आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको हो ।
हिजो सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो । आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे अपडेट गरिनेछ। त्यतिबेला अझ घट्ने सम्भावना हुन्छ । मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ । मौसम महाशाखाले हरेक दिन काठमाडौंसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर १० गते मङ्गलवार

