२०८२ मङ्सिर ११ गते बुधवार | 2025 November 26th Wednesday

इन्गेजमेन्ट विवादमा साम्राज्ञीको पहिलो प्रतिक्रिया, विशालबारे दिएको बयानले हंगामा

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहले आफ्नो इन्गेजमेन्टलाई लिएर उठेको विवादबारे पहिलोपटक प्रतिक्रिया दिएकी छिन्। उनले गतसाता एक्टर तथा मोडल विशाल खरेलसँग इन्गेजमेन्ट गरेकी थिइन्।

बुधबार इन्स्टाग्राम स्टोरीमार्फत उनले आफू र विशाल ‘मंगेतर’का रूपमा कानूनीरूपमा दर्ता भइसकेको बताउँदै इन्गेजमेन्ट गरेकोमा कुनै पछुतो नभएको स्पष्ट पारेकी छिन्।

सामाजिक सञ्जालमा उनी विशाल विवाहित भएको थाहा हुँदाहुँदै सम्बन्ध बढाएको भन्ने आरोप उठेपछि साम्राज्ञीले आफूले कहिल्यै विवाहित पुरुषसँग डेट वा इन्गेजमेन्ट नगर्ने दाबी गर्दै ती आरोप अस्वीकार गरेकी छिन्।

विशालकी पूर्वपत्नीले थाइल्यान्डमा उनीहरू ‘बेड सेयर’ गरेको स्वीकारेपछि सम्बन्ध टुटेको दाबी गरेकी छिन्। तर साम्राज्ञीले विशाल पहिले नै ‘मुभ अन’ भइसकेको र पूर्वपत्नीबाट अलग रहेको बताएकी छिन्। यसबारे विशालले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस