२०८२ मङ्सिर १२ गते बिहिवार | 2025 November 27th Thursday

आज सुनको मूल्य घटदा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ४ सय रुपैयाँले घटेर २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन बुधबार तोलाको ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १२ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८१२ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस