२०८३ जेष्ठ १३ गते बुधवार | 2026 May 27th Wednesday

१९ मिनेट ३४ सेकेन्डको भिडियो भाइरल, अन्तत: प्रहरी पनि बोल्यो

काठमाडौँ । १९ मिनेटभन्दा लामो एक आपत्तिजनक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेपछि साइबर सेलले कडा चेतावनी जारी गरेको छ। उक्त भिडियो १९ मिनेट ३४ सेकेन्ड लामो रहेको र नोभेम्बरको अन्तिम साता देखि प्रसारमा आएको बताइएको छ।

एनसीबी साइबर सेलका अधिकारी अमित यादवका अनुसार उक्त भिडियो एआई प्रविधिबाट सिर्जना गरिएको देखिएको छ। केही प्रयोगकर्ताले त्यसैको ‘भाग २’ र ‘भाग ३’ भन्दै अन्य क्लिपहरू पनि फैलाइरहेको पाइएको उनले बताए। अधिकारीका अनुसार sightengine जस्ता प्लेटफर्ममार्फत भिडियो एआई–उत्पन्न हो वा होइन भन्ने जाँच गर्न सकिन्छ।

साइबर सेलले उक्त भिडियो वा त्यसको कुनै अंश सेयर, फर्वार्ड वा पुनः अपलोड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता सामग्री सेयर गर्नु गोपनीयताको गम्भीर उल्लङ्घन हुनुका साथै कानुनी अपराध पनि हुने प्रहरीले जनाएको छ।

भारतीय कानुन अनुसार अश्लील वा यौन स्पष्ट सामग्री सेयर गरेमा सूचना प्रविधि ऐनको धारा ६७ र ६७ए अन्तर्गत तीनदेखि सात वर्षसम्म कैद र जरिवाना सजाय हुन सक्ने चेतावनी दिइएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस