काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २२ सय रुपैयाँले बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार ८२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २१ हजार ८८०रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार २८० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते आइतवार

