२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम थोरै बढ्यो !

weather today

काठमाडौँ । काठमाडौं उपत्यकामा हिजोको तुलनामा न्यूनतम तापक्रम थोरै बढेको छ । आज बुधबार बिहान ५ः४५ बजेको मापनमा काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम मंगलबारभन्दा बढी देखिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५ः४५ बजे काठमाडौँमा न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस छ ।

हिजो यो समय उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ५.० डिग्री सेल्सियस कायम भएको थियो । आजको आधिकारिक तापक्रम पनि अहिले बिहान ८:४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेला न्यूनतम तापक्रम बिहान ५:५ को भन्दा घट्ने सम्भावना हुन्छ। मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ। मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

 

प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार
प्रतिक्रिया दिनुहोस