काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ७ सय रुपैयाँले बढेर २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बुधबार तोलाको ४ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ४ हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २३ हजार २५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ४९८ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार

