२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

काठमाडौँमा बढ्यो चिसो, कति छ आजको तापक्रम ?

weather today

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दो छ । यस क्रममा आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो शुक्रबार भने यो समय उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यद्यपि पछि बिहान ८:४५ बजे घटेर ५.२ डिग्री सेल्सियस कायम भएको थियो । बिहान ५:४५ बजेको तथ्यांक सुरुवाती मापन भएकाले आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८स्४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम घट्ने सम्भावना हुन्छ। सबैभन्दा तल पुगेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हुन्छ । मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।

 

प्रकाशित मिति : २०८२ पुष ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस