२०८२ पुष ६ गते आइतवार | 2025 December 21st Sunday

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Gold Price Hits All-Time High Again Today In Nepal

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको सय रुपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ४ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ४ हजार १०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २१ हजार ४५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ५२० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रकाशित मिति : २०८२ पुष ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस