२०८२ पुष ८ गते मङ्गलवार | 2025 December 23rd Tuesday

देशभर मौसम प्रायः सफा, तराईमा हुस्सु–कुहिरोको प्रभाव

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आज देशभर मौसम मुख्यतया सफा रहने छ। हाल सुदूरपश्चिम प्रदेशमा मौसम सफा छ भने बाँकी प्रदेशमा आंशिक बदली देखिएको छ ।

तराईका धेरै स्थानमा हुस्सु लागेको छ। आज राति पनि देशभर मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ । तराई भूभागमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ ।

 

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस