काठमाडौं । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ४ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बुघबार बढेर ४ हजार ४२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २९ हजार ८५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ७९० रुपैयाँमा कारोबार भईरहेको छ ।
Gold and Silver Prices Rise Again Today – How Much Per Tola?
प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार

