काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ७ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन सोमबार तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ४ हजार ५९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ७१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ९३५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार

