२०८२ पुष १८ गते शुक्रवार | 2026 January 2nd Friday

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ हजार १०० रुपैयाँले बढेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन मंगलबार तोलाको ४ हजार ५९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ४ हजार ४७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २३ हजार ७६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ८३२ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २०८२ पुष १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस