काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ४८५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८२ माघ २ गते बिहिवार

