२०८२ माघ ३ गते शुक्रवार | 2026 January 16th Friday

आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ५ हजार ४८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ५ हजार ६४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ । महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ६५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रकाशित मिति : २०८२ माघ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस