काठमाडौं । नेपाली बजारमा बुधबार मंगलबार पनि सुनचाँदीको भाउ बढेको छ । आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ र चाँदी ५ हजार ९ सय २० रुपैयाँ तोकेको छ ।
आज सुन तोलामा १० हजार ४०० र चाँदी ४० रुपैयाँ बढेको हो। सुन र चाँदी दुवैको यो मूल्य हालसम्मकै उच्च हो । हिजो मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ र चाँदी ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन २ लाख ८७ हजार ८०० र चाँदी ५ हजार ६ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।
Gold and Silver Prices Surge Again Today, Approaching 300,000
प्रकाशित मिति : २०८२ माघ ८ गते बुधवार

