२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बुधबार काठमाडौंमा पानी पर्ने, तीन दिनको मौसम यस्तो छ

काठमाडौँ । देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा दिउँसो सामान्यतया मौसम सफा रहे पनि राति भने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ । देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन गरिएको छ । राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने विभागको भनाइ छ ।

 

प्रकाशित मिति : २०८२ माघ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस