२०८२ माघ २० गते सोमवार | 2026 February 2nd Monday

आजपनि फेरि ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा ३ लाख रुपैयाँ कायम भएको थियो । यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २ सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार ७१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ४५८ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २०८२ माघ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस