२०८२ माघ २२ गते बुधवार | 2026 February 4th Wednesday

एकै दिन १४ हजार बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

Gold Price Today Nepal

काठमाण्डौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनको मूल्य आज तोलाको १४ हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सनुको मूल्य तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९० हजार ३०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको २६५ रुपैयाँले बढेर ५ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ३३५ रुपैयाँ रहेको थियो ।

 

प्रकाशित मिति : २०८२ माघ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस