२०८२ माघ २२ गते बुधवार | 2026 February 4th Wednesday

आज सुनचाँदीको मूल्यमा अत्याधिक भारी वृद्धि, तोलाको कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६ सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ । महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार २३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ८०१ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रकाशित मिति : २०८२ माघ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस