काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रूपैयाँ ११ पैसा र बिक्रीदर १७० रूपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रूपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८६ रूपैयाँ ३२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रूपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ४३ पैसा र बिक्रीदर १०५ रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ २८ पैसा र बिक्रीदर ११३ रूपैयाँ ७५ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ७९ पैसा र बिक्रीदर २० रूपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७५ पैसा कायम भएको छ।

