२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

आज घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ५ हजार ९८० सय रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर ४ हजार ७१० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ४८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ३८ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २०८२ माघ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस