काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले भर्खरै २०८२ सालको नतिजा प्रकाशित गरेको छ । भर्खरै प्रकाशित सूचनामा भनेको छ,
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८२ साल कार्तिक महिनामा सञ्चालित शिक्षाशास्त्र संकायतर्फ चार वर्षे वि.एड. दोस्रो वर्ष २०८१ (4 Yrs. B. Ed. II 2081) को आशिक र मौका परीक्षको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल त्रि.वि. प.नि.का. को result.exam.tu.edu.np मा हेर्न सकिनेछ । परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखयाट सच्याइने बेहोरा अवगत गराइन्छ । लब्धाङ्गपत्र सम्बन्धित क्याम्पसवाट वितरण हुनेछ।

प्रकाशित मिति : २०८२ माघ २४ गते शुक्रवार

