काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँमा भईरहेको छ ।
यता, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २४० रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ माघ २७ गते सोमवार

