२०८२ माघ २९ गते बुधवार | 2026 February 11th Wednesday

आजपनि बढ्यो सुन चाँदीको मूल्य, बुधबार प्रतितोला कति पुग्यो ?

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २९० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस