२०८२ फाल्गुन २ गते शनिवार | 2026 February 14th Saturday

सुधन अचानक होटलको बेडमा घोप्टो परेरकै अवस्थामा मृत भेटिए

काठमाडौं । एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका सुधन भनिने साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनलाई कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा फेला पारिएको जनाएको छ । उनी माघ ३ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए । मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।

प्रकाशित मिति : २०८२ फाल्गुन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस