काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारको विनिमयदर स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको विनिमयदर भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
यही माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो । त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा छ । हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ७७ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ २६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ २२ पैसा छ । हिजो पनि कुबेती दिनारको विनिमयदर यही थियो।
आज बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ४४ पैसा छ । हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

