काठमाडौं । बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि राजीनामा दिँदै गर्दा छिमेकी भारतप्रति छेडखानी गरेका छन् । युनुसले विदाई भाषणमा पुर्वोत्तर भारतका सात राज्य स्वतन्त्र हुनुपर्ने मान्यता दोहोर्याउँदै सेभेन सिस्टर्सको प्रसंग उठाएका हुन् ।
युनुसले विदाई भाषणमा भने–हाम्रो खुला समुद्र बंगलादेशको भौगोलिक सीमानामात्र होइन बरु विश्व अर्थव्यवस्थासँग सम्पर्कका लागि खुला ढोका पनि हो । यो क्षेत्रमामा नेपाल,भुटान र सेभेन सिस्टर्ससँग अथाह जबर्जस्त आर्थिक सामथ्र्य छ ।
पूर्वोत्तर भारतका सात राज्य अरुणाचल,आसामा,मणिपुर,मेघालय,मिजोरम,नागाल्याण्ड र त्रिपुरालाई एकसाथ सेभेन सिस्टर्स भन्ने गरिन्छ । युनुसले भारतको नाम लिएनन् तर भाषणमा सेभेन सिस्टर्सको प्रसंग उल्लेख गरेपछि भारतीय मिडियामा तरंग सिर्जना भएको छ । बीबीसीले भारतको नाम नलिई सेभेन सिस्टर्सको जिकिर गर्नुको अर्थ भारतका यी राज्यको राष्ट्रिय फरक रहेको र उनीहरु स्वतन्त्र हुनुपर्छ भन्ने रहेको जनाएको छ । यीमध्ये कतिपय राज्यका स्वतन्त्रताका लागि पृथकतावादी आन्दोलन समेत भएका छन् ।
युनुसले यसअघि पनि यी राज्य स्वतन्त्र हुनुपर्ने भनेका थिए । उनले ती सात राज्य अर्थात सेभेन सिस्टर्सको समुद्रसँग कुनै सम्पर्क नभएकाले ती इलाकाको अभिभावक पनि बंगलादेश नै रहेको दावी गरेका थिए । खासमा भारतको सिलगुढी कोरिडोरबाट बंगलादेश र नेपाल जोडिएका छन् । छोटो दूरीले नेपाल समुद्रसँग जोडिन नभएको यो घाँटीलाई चिकेन नेक समेत भनिन्छ । भुटान र चीन पनि यहि चिकेन नेकबाट केही दूरीमा छन् । यसलाई निकै संवेदनशील इलाका समेत मानिन्छ ।

