काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन आज तोलामा एकैदिन पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा ३७५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ४२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
प्रकाशित मिति : २०८२ फाल्गुन १० गते आइतवार

