काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य उच्च वृद्धि भएको छ । सुन आज एकैदिन तोलामा पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा २४५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ९८५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार

