काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा तीन हजार ७०० रुपैयाँले घटेको हो । महासंघका अनुसार सुन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार ४१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २५ गते सोमवार

