प्रकाश काफ्ले/काठमाडौं । रवि लामिछानेले पूर्व प्रधानमन्त्री के. पी. शर्मा ओलीका पिता मोहन प्रसाद ओली को निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत शोक व्यक्त गर्दै एमाले अध्यक्ष ओलीका पूजनीय पिताश्री मोहनप्रसाद ओलीको निधनले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन्। उनले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेका परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।

ओलीका पिता मोहनप्रसाद ओलीको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो।

Screenshot