२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

ग्यास अभावले होटलहरू बन्द हुन थालेपछि नेपाली मजदुर धमाधम स्वदेश फर्किँदै

काठमाडौँ । भारतका विभिन्न सहरमा रहेका होटल तथा व्यवसायमा मजदुरी गर्ने नेपालीहरू खाना पकाउने ग्यासको अभाव भएपछि स्वदेश फर्किन थालेका छन्। पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएपछि भारतमा इन्धन र ग्यास वितरणमा कडाइ गरिएको छ, जसको प्रत्यक्ष मारमा नेपाली श्रमिकहरू परेका छन् ।

कैलालीको नेपाल भारत सीमानाका त्रिनगरमा भेटिएका डोटीका रोशन खड्काले आफू कार्यरत होटल ग्यास अभावले बन्द हुने अवस्थामा पुगेपछि घर फर्किएको बताए । मुम्बईबाट फर्किएका उनले भने, “होटलमा खाने बस्ने सुविधा थियो, तर ग्यास नभएर व्यवसाय नै ठप्प हुने भएपछि बेरोजगार बस्नुभन्दा स्वदेश फर्किएँ ।”

अर्का मजदुर विजय विकले ग्यास अभावले काम नपाएको र बिसु नयाँ वर्ष पर्व पनि नजिकिएकाले यस वर्ष छिटो घर फर्किनुपरेको बताए । सुदूरपश्चिममा नयाँ वर्षको आरम्भका रूपमा मनाइने बिसु पर्वका लागि चैत अन्तिममा आउने सोच बनाएका धेरै नेपाली अहिले काम छुटेकै कारण चैतको सुरुवातमै फर्किएका छन् ।

 

प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस