२०८२ चैत्र ११ गते बुधवार | 2026 March 25th Wednesday

अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो, युरोको बढ्यो !

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलरको विनिमयदर दर उच्च मूल्यमै स्थिर रहँदा अन्य केही मुद्राको मूल्य भने घटबढ् भएको छ । आज अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्दा युरोको बढेको छ । कुवेती र बहराइन दिनारको मूल्य भने आज पनि स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ। यी मुद्राको विनिमयदर गएका तीन दिनदेखि स्थिर छ ।

आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरि आज युरो १ को खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा छ। हिजो युरो १ को खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०० रुपैयाँ ४६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा थियो ।

 

 

प्रकाशित मिति : २०८२ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस