२०८२ चैत्र ११ गते बुधवार | 2026 March 25th Wednesday

बिना जितमा नै ७ स्थानको छलाङ! के हो नेपालको फिफा बरियताक्रम सुधारको रहस्य?

प्रकाश काफ्ले/काठमाडौं । पछिल्लो समयमा नेपालको फुटबल निरन्तर ओरालो लागिरहेको छ। कुनै समय दक्षिण एसियाको पावरहाउसका रूपमा परिचित नेपालको फुटबल हाल निरन्तर ओरालो लागेको कुरा नौलो भने होइन। नेपाली फुटबल खेलाडी र एन्फा बीचको द्वन्द्वले अझ यस अवस्थालाई बढी मलजल गरेको छ। तर पछिल्लो फिफाको वरियता क्रमले नेपाली फुटबल समर्थकहरू तथा शुभचिन्तकहरूलाई विशेष खुसी मिलेको छ। नेपालको पुरुष फुटबल टोलीले पछिल्लो समय फिफा वरियताक्रममा उल्लेखनीय सुधार गरेको छ। हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार नेपाल १८२ औं स्थानबाट १७५ औं स्थानमा उक्लिएको छ, जसलाई सात स्थानको छलाङका रूपमा हेरिएको छ। यद्यपि टोलीले पछिल्ला पाँच खेलमा तीन बराबरी र दुई हार मात्र बेहोरेको भए पनि, प्रदर्शनलाई सुधारोन्मुख मानिएको छ।

मार्च २५, २०२५ मा भएको एफसी एशियन कप क्वालिफायरमा नेपाल मलेसियासँग २-० ले पराजित भएको थियो। तर यस खेललाई लिएर विवाद उठेको छ। मलेसियाले ब्राजिलियन मूलका हेक्टर हेभेललाई मैदानमा उतारेको र उनको खेल्न योग्यताको विषयमा प्रश्न उठाइएको छ। हेभेलले खेलमा गोल समेत गरेका थिए, जसले विवादलाई अझ गहिरो बनाएको छ। फुटबल नियमअनुसार यदि कुनै टोलीले अयोग्य खेलाडी प्रयोग गरेको प्रमाणित भएमा विपक्षी टोलीले ३-० को “Forfeit Win” पाउने व्यवस्था छ। यस कारण नेपालले सम्भावित अतिरिक्त अंक प्राप्त गर्ने सम्भावना रहेको विश्लेषकहरूले औंल्याएका छन्। यस घटनाले देखाएको छ कि फुटबलमा केवल मैदानको प्रदर्शन मात्र होइन, नियम र प्रशासनिक पक्षले पनि ठूलो प्रभाव पार्छ।

नेपालले हालै गरेको र्‍याङ्किङ सुधारलाई ऐतिहासिक उपलब्धि मानिएको छ। पछिल्ला पाँच खेलमा नेपालले तीन बराबरी र दुई हार बेहोरेको छ भने जित भने एक पनि निकाल्न सकेको छैन। त्यसो हुँदाहुँदै पनि नेपाल १८२औँ स्थानबाट १७५औँ स्थानमा उक्लिन सफल भएको हो। यसको मुख्य कारण भने एशियन फुटबल महासंघ (एएफसी) को निर्णय हो। मार्च २५, २०२५ मा भएको एएफसी एसियन कप २०२७ छनोट चरण अन्तर्गतको खेलमालेसिया राष्ट्रिय फुटबल टोलीले नेपाल राष्ट्रिय फुटबल टोलीलाई लाई २–० ले हराएको थियो, तर उक्त खेलमा मलेसियाले हेक्टर हेभेललाई खेलाएको कारण उनलाई अयोग्य खेलाडी मानिएको थियो। पछि एएफसीले नियम उल्लंघन भएको ठहर गर्दै उक्त खेलको नतिजा उल्ट्यायो र नेपाल राष्ट्रिय फुटबल टोलीलाई लाई ३–० को विजेता घोषणा गर्‍यो। त्यतिबेला मलेसिया १२१औँ स्थानमा र नेपाल १८२औँ स्थानमा रहेको अवस्थामा, आफूभन्दा माथिल्लो वरीयताको टोलीविरुद्ध प्राविधिक जित  पाउनु नेपालका लागि ठूलो फाइदाको विषय बन्यो। यही कारण नेपाल एकैपटक सात स्थान माथि उक्लिएको हो।

यस्तै, मलेसियाका अन्य खेलहरू पनि ओभरटर्न भएका कारण उनीहरूको र्‍याङ्किङ करिब १४ स्थान तल झरेको छ। फिफा र्‍याङ्किङ प्रणाली (ELO Method) अनुसार माथिल्लो वरीयताको टोलीलाई पराजित गर्दा बढी अंक प्राप्त हुने भएकाले नेपालले उल्लेख्य अंक हासिल गरेको हो। यस घटनाले फुटबलमा मैदानभित्रको प्रदर्शनसँगै नियम र प्रशासनिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण हुने देखाएको छ।

नेपालका लागि यो बरीयादक्रम  सुधार उत्साहजनक भए पनि, आगामी खेलहरूमा निरन्तर राम्रो प्रदर्शन गरेर यसलाई कायम राख्नु चुनौतीपूर्ण हुनेछ। विशेषगरी मलेसियासँगको योग्यता विवादको अन्तिम निर्णय अझै आउन बाँकी रहेकाले त्यसले भविष्यमा बरीयादक्रममा थप प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस