२०८२ चैत्र १५ गते आइतवार | 2026 March 29th Sunday

आज ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ५ हजार रुपैयाँले बढेर २ लाख ८६ हजार रुपैयाँ कायम भएको हो ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा २ लाख ८१ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ६७० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ७२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : २०८२ चैत्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस