२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

देशभर आंशिक बदली, पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ । हाल हिमाली क्षेत्रमा बादल लागेको छ भने पहाडी भू–भागमा आंशिक बदली रहेको छ। तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको छ। आज पनि कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै अन्य केही हिमाली क्षेत्रमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने जनाइएको छ । मौसममा आएको परिवर्तनले पहाडी र हिमाली क्षेत्रको जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

 

 

 

प्रकाशित मिति : २०८३ बैशाख २ गते बुधवार
प्रतिक्रिया दिनुहोस