काठमाण्डौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा देशका हिमाली भू–भागसहित कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भू–भागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
कोशी प्रदेशको हिमाली र पहाडी भू–भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

