२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

आज घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको मूल्य सूची

gold price

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले घटेर २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलामा २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८३ बैशाख १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस