२०८३ जेष्ठ ९ गते शनिवार | 2026 May 23rd Saturday

जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

काठमाडौँ । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईद (ईद–उल–अज्हा) को दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र १४ गते सो चाड रहेकोले बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा हुन्छ । त्यसले गर्दा १४ देखि १७ गतेसम्म ४ दिन लगातार बिदा परेको हो ।

प्रकाशित मिति : २०८३ जेष्ठ ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस