२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

चोरीकै पैसाले जोडे साढे ३ तले घर– करोड बराबरको गाडी

काठमाडौं। प्रहरीले बाँकेका ४१ वर्षीय प्रेम थारूलाई पक्राउ गर्दा उनले चोरीकै रकमबाट साढे ३ तले घर, करोड बराबरको गाडी र जग्गा जोडेको तथ्य खुलेको छ।

थारूले काठमाडौंका घरहरूमा मौका पाएर गरगहना चोरी गर्ने गरेको स्वीकार गरेका छन्। गत माघमा बौद्धस्थित घरबाट १ करोड २१ लाख बराबरको सामान चोरी गरेको आरोपमा उनलाई गोली चलाएर नियन्त्रणमा लिइएको थियो। अनुसन्धानमा उनले चोरीकै रकमबाट कोहलपुरमा ४० लाखमा २ कठ्ठा जग्गा किनेर घर बनाएको र ९८ लाखमा टोयोटा हाइलक्स गाडी खरिद गरेको स्वीकार गरेका छन्। गाडीलाई पछि ५५ लाखमा बिक्री गरेको पनि बयान दिएका छन्।

उनको नाममा विभिन्न बैंक खातामा रकम, जग्गा र सम्पत्ति देखिएको छ। प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दासहित सबै सम्पत्ति जफत गर्न माग गरेको छ।

 

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस