काठमाडौं । अभिनेत्री बसुन्धरा भुसालले मृतक श्रीषा कार्की र बरिष्ठ पत्रकार किशोर श्रेष्ठका सम्बन्धमा एक कार्यक्रममा बोल्दै थप कुरा खुलाएकी छिन् । केही बदमासहरुले फिल्म खेलाउँछु भनेर भेट्न बोलाएछन्, भित्रि कोठामा लगेर जबरजस्ति कपडा खोल्न लगाएर फोटो खिचेछन् र त्यो पत्रिकामा छापेकै कारण श्रीषा कार्कीले देह त्याग गरेकी हुन् उनले किटान साथ भनेकी छिन् ।
त्यो बेला श्रीषा कार्कीले आफूसँग भनेको कुरा सम्झिदै न्यायका लागि लडेको दिनको पनि उनले स्मरण गरेकी छिन् । फोटो खिचेपछिपनि श्रीषासँग बारम्बार पैसाको बार्गेनिङ गरेको खुलाउँदै उनले भनिन्, श्रीषाले मलाई कयौं पटक रुँदै सुनाइन् । दिज्यू हेर्स्यो न । जबरजस्ति फोटो खिचेर पैसा माग्छन् ।
कहिले ५ हजार माग्छन् । मसँगै छैन । कहिले कहिले त भएको ५ सयपनि दिँदै आएकी नै छु । त्यसपछि फोटो पत्रकारसम्म पुग्यो अब पत्रिकामा छापिन्छ भनेको सुनेर श्रीषा किशोर श्रेष्ठसँग गएर रोएकोपनि भुसालले खुलाएकी छिन् । दिज्यू म किशोरसँग गए । रोएर मेरो प्रेमीसँग विवाह हुन लागेको छ । प्लिज नछापिदिनू, मेरो त्यो फोटो जबरजस्ति खिचिएको हो भने भनेरपनि मलाई सुनाएकी थिइन् । उनले देह त्याग्नुभन्दा अघिपनि कलाकार संघको कार्यक्रममा कस्तो राम्रो नाचेकी थिइन् । मैले उनी मुभ अन भइसकिन् भन्ने लागेको थियो ।
तर पत्रिकाले नै फोटो छापेपछि उनले देह त्यागिन् । उनी रहिनन् भनेपछि कानूनी लडाइका लागि म त्यो बेला बरिष्ठ अधिवक्ता शान्ति थपलियासँग गएर कयौं पटक रोएकी छु । पैसा नभई न्याय पाइन्न हामीसँग पैसा छैन, वकिल ज्यू भनेर धेरै विलौना गरे । उहाँले आफ्नो तर्फबाट गर्नुभयो तर श्रीषाको आत्माले अदालतबाट न्याय पाएन । त्यो बेला कलमले हत्या गर्दा सजाय गर्ने कानून नै थिएन । अहिले त छ क्यारे उनले अहिलेपनि विलौना गरिन् ।

