काठमाडौं। मेटाले विश्वभरका प्रयोगकर्ताका लागि नयाँ पेड सब्सक्रिप्शन प्लान सार्वजनिक गरेको छ। अब इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएप प्रयोग गर्न मासिक शुल्क तिर्नुपर्नेछ।
प्लस भर्जनको मूल्य
– इन्स्टाग्राम प्लस / फेसबुक प्लस : मासिक ३.९९ डलर
– ह्वाट्सएप प्लस : मासिक २.९९ डलर
ह्वाट्सएप प्लसका विशेषता
– कस्टम थीम, यूनिक रिङटोन
– प्रिमियम स्टिकर्स
– धेरै च्याट पिन गर्ने सुविधा
इन्स्टाग्राम–फेसबुक प्लसका विशेषता
– स्टोरी पुनः हेर्ने संख्या देख्ने सुविधा
– अनलिमिटेड स्टोरी अडियन्स लिस्ट
– २४ घण्टाभन्दा बढी स्टोरी देखाउने विकल्प
– एनिमेटेड सुपर हार्ट रिएक्शन, कस्टम आइकन, विशेष फन्ट्स
मेटा एआई सब्सक्रिप्शन
– Meta One Plus : ७.९९ डलर
– Meta One Premium : १९.९९ डलर
– इमेज, भिडियो निर्माण र जटिल टास्कका लागि बढी प्रयोग हुने सुविधा
क्रिएटर्स र व्यवसायका लागि
– Meta One Essential : १४.९९ डलर
– Meta One Advanced : बढी पहुँच र प्राथमिकता सुविधा
मेटाको नयाँ योजनाले अब रेभेन्यू मोडेललाई विज्ञापनमा मात्र निर्भर नराखी सब्सक्रिप्शनमार्फत विस्तार गर्ने संकेत दिएको छ। पैसा तिर्नेका सामाग्री भाइरल हुनेछन् । सामान्यका अब मेटाले खासै वास्ता गर्नेछैन ।

